विद्यार्थीसँग विबाहित प्रोफेसरको प्रेम : जागीर गयो, आफन्तले हातपात गरे तर पनि यि युवतीसँग प्रेम गहिरिँदै गयो

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

एजेन्सी । स्कुलमा र कलेजमा पढाउने बिद्यार्थीहरुबिच प्रेम र विबाहका समाचारहरु बेला बेलामा मिडियामा आइरहन्छन् । यसैबिच भारतको बिहारस्थित एकजना ‘लव गुरु’ प्रध्यापक मटुकनाथ र उनकी विद्यार्थी जूलीबिचको प्रेम कहानी अहिले चर्चामा छ ।
यसैबिच प्रोफेसर मटुकनाथ र उनकी विद्यार्थी जूलीको उमेरबिच ३० वर्षको फरककाबिच पनि प्रेम हुँदा धेरै चकित परेका छन् ।

प्रोफेसर मटुकनाथलाई उनकी बिद्यार्थी जूलीले देखेको केही समयमा नै नम्बर लिएर आँफु प्रेममा परेको र बिहे गर्न चाहेको बताएकी थिइन् । तर त्यससमय प्रोफेसरले जूलीलाई आफु पहिल्यै विवाहित र बच्चाको बुवा भएकोले त्यस्तो सम्भव नहुने बताएपनि प्रोफेसर मटुकनाथले बिस्तारै आफु पनि जूलीसँग प्रेम गर्न थाले ।

बुढेसकालमा प्रेममा परेको भन्दै उनले जागिर मात्रै गुमाएनन् सम्बन्धका कारणले आफन्तहरुले पनि उनीमाथि हातपात गरेका थिए । साथै उनकी श्रीमतीले पनि उनी र जूलीमाथि मुद्दा लगाएपछि उनीहरुले जेलको हावापनि खाए तर प्रेममा भने कहिल्यै विचलन ल्याएनन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!