देशभक्त हुनका लागि पार्टीको सिद्धान्तमात्र राष्ट्रवादी भएर पुग्दैन, पार्टी हाक्ने नेताको मुटुभित्र पनि राष्ट्र हुनुपर्छ


राजन कार्की
देशभक्त हुनका लागि पार्टीको सिद्धान्तमात्र राष्ट्रवादी भएर पुग्दैन, पार्टी हााक्ने नेताको मुटुभित्र पनि राष्ट्र हुनुपर्छ । सिद्धान्त बगारेर राष्ट्रवादी बन्नु र देशको एक खण्डको मात्र माँग गर्नु भनेको भनेको लेण्डुप, मिर्जाफर हुनु हो जो कहिल्यै राष्ट्रवादी हुन सकेनन् । इतिहासको पन्नामा सरापमा सिमि तबनेका छन् ।  अरस्तुले भनेका थिए– भूगोलको जानकारी बिना राजनीतिको ज्ञानमा बृद्धि हुनसक्दैन । यसैगरी नेपोलियन बोनापार्टले व्यवहारिक ज्ञानपछि भनेका हुन्– कुनै देशको बिदेश नीति त्यस देशको भूगोलद्वारा निर्धारित हुन्छ । राजनीतिक यथार्थ यही हो, जुन वर्तमान कालखण्डमा हरेक मुलुकले अंगीकार गरेका छन् ।नेपालको भौगोलिक बनोट विषम छ, यसभित्र हिमाल छ, पहाड र समथल भूभाग छ । जनसंख्याको बनावट यस्तो छ कि यहाा १ सय २६ जाति बसोबास गर्छन्, अनेकतामा एकताको अनुपम मिश्रणको दृश्य हो यो । विश्वका कुनै पनि मुलुकमा नेपालको जस्तो विषमतायुक्त विशेषता पाउन सकिन्न ।

यसकारण नेपालको भूगोल विश्वमै अनौठो छ र दक्षिण एसियाका लागि त नेपाली भूगोल सामरिक महत्वकै मानिएको छ । विश्वको सर्वोच्च शिखरदेखि झापाको केचनाकलनजस्ता होचा भाग पनि नेपालमै पर्छ । विश्वका सबैभन्दा पुराना र कहिल्यै उपनिवेश नबनेको ४ राष्ट्रमध्येको भर्जिन राष्ट्र हो नेपाल । यस्तो देशमा आतंककारीले जनयुद्ध गरे र तिनीहरुनै संसदबादीमा रुपान्तरण भएर राजनीतिक परिवर्तन गर्न सफल हुनपुगे । जसका कारणले बिगत १२ वर्ष अराजक र अस्थिर बनेको नेपाल यतिबेला संविधान कार्यान्वयन र संघीयताको नौलो अभ्यासमा जुटेको छ । यो अभ्यासको पृष्ठभूमि शान्ति र समृद्धिका लागि भनिएको छ ।

स्थापित आमविश्वास हो– लोकतान्त्रिक शक्ति अतिवादी हुनसक्दैन । अतिवादी हुनु भनेको निरंकूशता हुनु हो । आजको युग हिटलर जन्माउने कल्पनासम्म गर्न सक्दैन । संयुक्त मधेसी मोर्चा जिरह गरेर भनिरहेको छ– हामीलाई मधेस प्रदेश नै चाहिन्छ । मधेस प्रदेशमा पहाड मिसाउन पाइदैन । नभन्दै बनेको सात प्रदेशमध्येको २ नम्बर प्रदेशमा राष्ट्रिय पोसाक बर्जित गरियो । यसलाई संविधानविरोध भनेर मानिएन, संविधानसम्मत ठानियो ।

मधेसमा पहाड मिसाउन किन पाइदैन ? पहाड नेपाल होइन ? मधेस नेपालभन्दा पृथक भूमि हो ? मधेस किन बहुलराष्ट्रवादको नारा उछालिरहेको छ । नेपाल राष्ट्र हो, नेपालको राष्ट्रियता एउटै छ । त्यो हो नेपाली राष्ट्रियता । ५४ हजार बर्गमाइलको नेपाली भूभाग एक थियो, एक छ र एक रहनेछ । यो भूभागमा बसोबास गर्नेहरु एकक्षेत्रबाट अर्को क्षेत्रमा आवतजावत गर्न स्वतन्त्र छन् र एउटा क्षेत्रलाई अलग गर्नुपर्छ भन्नु बिकृत मानसिकता हो । ठाडो शव्दमा भन्ने हो भने त्यो राष्ट्रघात नै हो । मधेसमात्र प्रदेश हुनुपर्छ भन्ने माँग अराष्ट्रिय माग हो ।
यी माग माग्ने को को रहेछन् ? राजपा र संघीय फोरमका नेताहरु । महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अमरेशकुमार (नेपाली कांग्रेस) हरु यी यस्ता नेता हुन्, जसको बिगतलाई कोट्याउने हो भने उनीहरुको नियतमै खटप्वाल देखिन्छ । महन्थ ठाकुरले त यतिसम्म भनेका छन् कि एक मधेस हुन्न भने एक नेपाल पनि रहन्न । एउटा खााटी नेपालीले यसो भन्नसक्छ ? तर भनिरहेका छन् र चुनावपछि पनि मधेसको स्वायत्तता, बहुल राष्ट्रवाद सहितको अंगीकृतको हक उल्लेख गर्न संविधान संशोधनको माँग गरिरहेका छन् ।
राजनीतिक स्वार्थले राष्ट्रिय स्वार्थ थिचिदै गएको छ । हिजो यिनै हुन् पहाडेले पहाडतिरै लघारिन्छ, यिनको रगत चाटिन्छ भनेर नारा लगाउने । यिनले छिमेकले बोक्यो, अहिले पनि छिमेकले छाता ओढाइरहेको छ । चुनाव जितेपछि राजेन्द्र महतोले भारत भएन भने नेपालले श्वास पनि फेर्न सक्दैन भनेका छन् । यसो भन्नेमा स्वाधीनता र स्वाभिमान कति होला ? यस्ता नेतालाई हामीले चुनाव जिताएका छौं । अनि यस्ताले राष्ट्रको पहरेदारी कसरी गर्छ ?

निश्चय नै बिभेद छ, सुधार्नुपर्ने र समानताका अनेक कामहरु गर्नैपर्ने आवश्यकता छ । त्यही गर्न त लोकतन्त्र ल्याएको । गर्नैपर्ने प्राथमिक कामहरु गरेर शान्ति र समुन्नतिको राजमार्ग निर्माण गराउने जिम्मेवारीका लागि त जनप्रतिनिधिमूलक पद्धति अपनाएको । चुनाव भयो, अव ती कामहरु गर्ने जनप्रतिनिधिहरुको काँधको कर्तव्य हो । ती काम नगर्ने अनि एक नेपाललाई बिखण्डन र बिभाजनको हावा दिने । यही हावालाई आाधी हुरी बनाउन सिके लालजस्ता चिन्तकहरु सुधार्न होइन बिगार्न जातीय दङ्गा गराउन मधेसी र पहाडीलाई हुडल्दै छन् । हुन त यस्ता हुँडारहरुको काम देश बनाउने र बचाउने हुनैसक्दैन किनभने यिनले भोगटेका चस्मा लगाएका छन् र खस बाहुनले लुट्यो भन्नमात्र जानेका छन् । सबै जातिलाई कसरी समानताको डोरीले बााध्न सकिन्छ, कसरी सद्भाव र प्रेम बढाउादै देश निर्माणमा सबैको समान कर्तव्य र अधिकार जोड्न सकिन्छ, किटाणु सलबलाएका दिमागमा सकारात्मक र सुधारात्मक सोच प्रदेश नै गर्नसक्दैन । जसको जीवनको उद्देश्य नै बिथोल्ने छ, विध्वंश गराउने छ, उसले शान्ति व्यवस्था कसरी सोच्न सक्छ र ?

समस्या मधेसमा छ, समस्या पहाड र हिमालमा पनि छ । समस्या मधेसीमा छ, समस्या बाहुन र खसमा पनि छ, १ सय २६ जातिमै छ । हो, हुनेखाने र हुँदा खानेका वीचमा दूरी बढेको छ । बुद्धिजीवी, चिन्तक, नागरिक अगुवाको काम हो, यो दुरी कसरी घटनाउने भनेर अक्किल निकाल्ने, राज्यलाई लोककल्याणकारी मार्गमा लगाउने । त्यो राष्ट्रिय दायित्वको निर्वहन गर्ने मधेसका अगुवा कतिजना छन् ? जो नेपाल मेरो देश भन्छन्, ती नेपाली मधेसी समुदायमाथि सिके लाल, राजेन्द्र महतो, महन्थ ठाकुरजस्ता बिखण्डनको विष बोकेर हिड्ने मधेसका सामन्तहरुले थिचोमिचोमा पारेका छन् । यो चिन्ताको विषय हो ।

प्रष्टै छ, राजपाले मधेसलाई अलग देश बनाउन खोजेकै हो । त्यसमाथि सिके राउतजस्ता र अनेकन भूमिगत सशस्त्र समूहहरुलाई हतियार बनाएर र विदेशी ताकतको प्रभावमा यिनले चुनाव जितेका हुन् । त्यसैले त यिनीहरु पहाड र हिमालबाट मधेसलाई जोड्नु हुन्न भनेर नारा घन्काइरहेका हुन् । यसरी राष्ट्रियता बलियो हुन्न, हुनै सक्दैन । नेपालको राष्ट्रियता बलियो बनाउने हो भने यस प्रकारको क्षेत्रीयता, जातीयताको आवाज समन गर्नैपर्छ ताकि हिंसाको डढेलो नसल्कियोस् ।

हिजो माओवादी जनयुद्ध अतिवाद थियो, आज मधेसको बहुल राष्ट्रवाद अतिवाद बनेको छ । एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस यस्तो आवाजलाई किन सहिरहेका छन्, स्पष्ट शव्दमा नकार्न किन सकेनन्, यो आलोच्य यसकारण छ कि यिनीहरु सत्तास्वार्थ पूर्ति गर्न यिनको आवश्यकता ठान्छन् । राष्ट्रिय पार्टीहरुले राष्ट्र हेर्ने, सोच्ने हो कि सत्ताको सोचमा सिमित हुने हो ? हिजो सिक्किमीकरण भनिदै थियो, आज फिजीकरणमात्र होइन, राष्ट्रै टुक्य्राउने साजिस हुँदैछ । यस्ता साजिसविरुद्ध नागरिक संचेतना र जागरुकता जरुरी छ ।
अव खुलेर बहस थालिनुपर्छ । शान्ति र समुन्नति, एकता र सद्भाव, सबै प्रकारका बिभेद र विषमता हटाउन राष्ट्रिय राजनीति कसरी अघि बढ्नुपर्छ भनेर चुनावमा जनादेश दिने जनताले सही मार्ग पनि देखाउन आवश्यक छ । नागरिक बहसले मात्र, नागरिक आवाजले मात्र बिखण्डन र बिभाजनका श्वरहरुलाई निस्तेज र अप्रभावी बनाउन सक्छ ।

राजतन्त्र फालियो, के भयो ? संविधानसभाले निकै बर्ष लुट्यो, के भयो ? बल्ल संविधान जारी भयो र चुनाव सकिएको छ, नैतिक बन्न सकिएन भने के होला ? हिजो जुन नेता थिए, आज तिनै नेता हामीले छानेका छौं । हिजो जुन पार्टी थिए, तिनै पार्टीलाई जिम्मेवारी दिएका छौं । हिजो जसले राष्ट्रबिरोधी आवाज उठाएका थिए, आज तिनकै आवाज उर्लिएको छ । राजनीतिको सवारी हाँक्ने यिनै चालकहरुलाई राष्ट्रियताप्रति गम्भीरता र संवेदनशीलताका साथ अघि बढ्न बाध्य पार्ने, प्रेरित गर्ने जिम्मेवारी जनतामा आएको छ । अन्यथा धर्म र राजा फाल्नेहरु ठूलाले आफूलाई राजा र सानाले आफूलाई रजौटा साबित गर्नेछन् । राज्य टुक्रिने खतराका आहट सुन्नेले सुन्न थालिसकेका छन् । संघीयताको डिजाइनभित्र देख्नेले राष्ट्रघातक खतरनाक योजना देखिसकेका छन् ।

त्यसैले राज्य दरो हुनुपर्छ । जनता र सेनाले लड्न सिक्नुपर्छ । जनता भाँड्ने र देश टुक्य्राउने जो कोही होस्, उसलाई शंकाको छुट दिदै जाने हो भने देश बर्बादीको तारेभीरबाट गुल्टिने अवस्थामा पुग्नेछ । दण्डहीनताको त्यही कमजोरीले गर्दा आज उँधो न उँभोको स्थिति छ ।
संविधानको घोषणापछि देशमा लोकतन्त्रको स्वर्णकाल आयो भनिएको थियो, देशको पतनकाल साबित भइरहेको छ । मुखले हिमाल, पहाड, तराई– कोही छैन पराई भन्ने अनि व्यवहारले मधेसमा बहुल राष्ट्रवाद भन्ने जिरह के हो ? रुखमा लागेको ऐंजेरु काटिएन भने रुखमा फलै लाग्दैन । ऐंजेरु बेलैमा कलमी गर्न सकिएन भने राष्ट्र दुर्घटनामा पर्ने जोखिम छ । देश कित्ताकाट गर्ने कुनै पार्टीको मौजा बन्न सक्दैन । एक नेपाल र एक नेपाली संविधानले प्रत्याभूत गर्नुपर्छ, गरेको छ, त्यही संवैधानिकतालाई सार्वभौमिकताको ग्यारेण्टी मान्नुपर्छ, जो मान्दैन उसको भूमिकामा बन्देज लगाउनुपर्छ । राष्ट्रभन्दा ठूलो कुनै व्यक्ति वा पार्टी हुनसक्दैन ।

जनबलसहित स्थानीय, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभामा पुगेकाहरुले देशको कुरा गर्नुपर्छ । प्रत्येक समस्याको हल संसदबाट निकाल । देश फोड्ने होइन, जोड्नेतिर लाग । जनादेश देश बनाउन दिएका हुन् जनताले, जनादेशको सम्मान गर । कहाँ कहाँ छ, कमी कमजोरी सच्याउ, देशलाई नहोच्याउ । गौरव गर देशप्रति, देशमाथि बलात्कार नगर । अव देश घातकहरु उम्लिने र जिम्लिने, संविधानले आँखा चिम्लिने समय कायम रहनु भनेको असफल हुनु हो ।आगामी दिन शान्ति, सुशासन र समृद्धिको हो । यसका लागि गर्नुपर्ने काम गर, देश भाँड्ने काम नगर ।

Comment