आज जनयुद्ध दिवस मनाउँदै माओवादी



काठमाडौं – सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई माओवादीका विभिन्न घटकले मंगलबार जनयुद्ध दिवस मनाउँदैछन ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बेग्लाबेग्लै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउन लागेका हुन् ।

तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो ।यहि दिनलाई सम्झना गर्दै माओवादीले आज जनयुद्ध दिवस मनाउन लागेको हो ।यो विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो ।

Comment