हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ चढेको कार पल्टियो, कारमा आधा दर्जन कलाकार थिए सवार

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

काठमाडौं । मेरी बास्सैबाट एकाएक चर्चामा आएका हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ चढेको कार पल्टिएको छ ।
मधुमल्ला महोत्सवमा आयोगित कार्यक्रममा सहभागी भएर विर्तामोड फर्कने क्रममा राति १२ बजे उनी सवार कार पल्टिएको हो ।

तिब्र गतिमा गुडिरहेको कारकाअगाडी एक्कासी कुकुर आएपछि कुकुरलाई बचाउन खोज्दा कार पल्टिएको बताइएको छ । कारमा विल्सन लगायतका करिब आधा दर्जन कलाकारहरु सवार थिए । कार दुर्घटना भए पनि कारमा सवार सबै सकुसल रहेका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!