पसल गएर फर्किरहेका बालकलाई बाघले खाइरहेको अवस्थामा परिवारले भेटेपछि मच्चियो रुवाबासी



भक्तपुर, १फागुन । भक्तपुरमा बाघको आक्रमणबाट सोमबार साँझ एक बालकको ज्यान गएको छ। सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित पानी ट्यांकीमा सोमबार साँझ बाघले आक्रमण गर्दा स्थानीय ६ वर्षीय शिशिर तामाङको ज्यान गएको हो ।

साँझ पसल गएर फर्किने क्रममा शिशिरलाई बाघले आक्रमण गरी घिसार्दै जंगलतर्फ लगेको र स्थानीय बासिन्दा, प्रहरी र नासहितको टोली बालकको खोजतलाश गर्दा शिशिरको शव राति १० बजे बालकुमारी सामुदायिक वनमा फेला परेको बताइएको छ ।

बालकको च्यातिएको कपडा भेटेपछि रगत पछ्याउँदै जाँदा जंगलमा बाघले बालकलाई खाइरहेको अवस्थामा भेटिएको बताइएको छ ।

Comment