कांग्रेसले उम्मेदवारी नदिने भएपछि प्रदेश नम्बर ५ को सभामुखमा पूर्णबहादुर घर्ती पक्का


काठमाडौं । माओवादीका नेता पूर्णबहादुर घर्ती प्रदेश नम्बर ५को सभामुख बन्ने पक्का पक्की नै भएको छ ।

माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा घर्तीको उम्मेदवारी दर्ता गरिएको हो ।

कांग्रेसले उम्मेदवारी नदिने बताइसकेकाले माओवादीका घर्ती सभामुख चयन हुने पक्का भएको हो । मंगलबार बेलुकी ५ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

Comment