सारा मजदुरहरुको कथामा “पसिना”

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

मंगलावर राजधानीमा एक कार्यक्रमबीच चलचित्र पसिनाको सिनेमाघरमा आउने मिति र एउटा गीत सार्वजनिक गरिएको छ । नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर २०७५ साल बैशाख १४ गतेबाट देशभरका सिनेमाघरमा आउने भएको छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् ।

आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पिडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।

चलचित्र ‘पसिना’ मा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजउपाध्य, सृजना अधिकारी, शिव शंकर रिजाल, सुरजनी के.सी., शारदा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । जीवन गौतम सहायक निर्देशक रहेको चलचित्रका निर्माण नियन्त्रक लिसन डी.सी.र कृष्ण रहेकाछन् ।

राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको सङ्गीत रहेको चलचित्रलाई नविन निरौलाले सम्पादन गरेकाछन् भने शिव बि.क.को नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व र रामकेसीको छायाँकन रहेको छ ।

सार्वजनिक गीत हावा चल्यो सिरिरिमा नारद रिजालको शब्द, राजनराज सिवाकोटीको सङ्गीत र स्वर रहेको छ भने गौरव र अनु फिचरिङ छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!