फेरी एकमहिनाका लागि बन्द हुने भयो रसुवागढी नाका, रावश्व संकलन प्रभावित हुने

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

काठमाडौं, १ फागुन । चीनसँगको व्यापारिक नाका रसुवागढी आज देखी एक महिनाका लागि बन्द हुने भएको छ । ल्होसार पर्वका कारण आज देखी एक महिनाका लागि बन्द हुने भएको हो ।चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएकाले त्यहाँबाट हुने कारोबार पनि बन्द हुनेछ ।

ट्रान्सपोर्टले सोमबार बिहान १० बजेसम्म गाडीमा शिल लगाएको थियो । शिल लगाएका गाडी मंगलबार साँझसम्ममा नेपाल आइसक्ने छन् ।राजश्व उठाउने लक्ष्य राखिएको रसुवागढी भन्सार कार्यालयले कारोबार ठप्प हुने भएपछि रावश्व संकलन पनि प्रभावित हुने बताइएको छ ।रसुवागढी नाका बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर जिल्लाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!