अमृतले श्रीमतिलाई यस्तो दिए भ्यालेन्टाइन डेको उपहार

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ’मग मग’ लिएर दर्शक तथा श्रोता सामु आएका छन् । गीतमा अमृतसंगै उनकै श्रीमती संगीता छेत्री फिचरीङ छिन् । गीतको भिडियोमा यी दुईको प्रेमलाई देखाइएको छ ।

गीतलाई माया गर्ने जोडीले रुचाउने विश्वास गायक छेत्रीको रहेको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ भने बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् । यसलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!