टाउको नभएको अवस्थामा भेटियो भक्तपुरमा हराएका बालकको शव [भिडियो हेर्नुहोस ]


भक्तपुरको सूर्यविनायक नगरपालिकामा सोमबार साँझ हराएका एक बालक टाउको नभएको र एक तिरको तिघ्रा नभएको अवस्थामा फेला परेका छन् ।सूर्यविनायक नगरपालिका वडा नं ७ सुब्बापाखा तामाङ टोलमा बसोबास गर्ने सुनिल तामाङको छोरा ६ बर्षीय शिरीष तामाङ राष्ट्रिय प्राणी उद्यानको क्षेत्रमा पर्ने बालकुमारी बनको बाटोबाट पसल गएर घर फर्कने क्रममा बाघको आक्रमणमा परेको हुन सक्ने प्रहरीले जनाएको छ । मुलबाटोबाट माथि घना जङ्गलमा राती ११ बजे नेपाली सेना, नेपाल प्रहरी र स्थानिय बासीको टोलीले बालकको शव फेला पारेको थियो ।प्रहरीले बालकको शवको मुचुल्का गरि पोष्टमार्डमका लागी भक्तपुर अस्पतालमा पठाएको छ । भिडियो हेर्नुहोस

Comment