प्रचण्डले भने जनयुद्ध दिवसकै दिन एमालेसँग पार्टी एकताको टुंगो लाग्ने भयो

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसकै दिन नेकपा एमालेसँग पार्टी एकताको टुंगो लगाएर कार्यकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् । गलवार माओवादी मुख्यालयमा वाइसीएलले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आजै पार्टी एकतालाई निर्णायक तहमा पुर्‍याउनेगरी छलफल अघि बढाएको बताएका छन् ।

जनयुद्धका विगतका दिनहरुको स्मरण गर्दै प्रचण्डले फरक बाटोमा हिँडेका मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पनि नेपालमा बलियो कम्युनिष्ट केन्द्र निर्माण गर्ने दिशामा एक हुन आउन आग्रह समेत गरेका छन् ।एमाले–माओवादी केन्द्रबीचको पार्टी एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालबीच आज वार्ता गरी टुङगोमा पुर्याईने बताईएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!