पूर्वसहकर्मी बैद्य र विप्लवलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यस्तो आग्रह



काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पूर्वसहकर्मी मोहन बैद्य र विप्लवलाई शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन अभियानमा सहभागी हुन अपील गरेका छन् ।जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पूर्वसहकर्मीलाई यस्तो आग्रह गरेका हुन् ।

प्रचण्डले रहर र लहडमा क्रान्ति नहुने भन्दै उनले विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन समेत आग्रह गरेका छन् ।साथै गुरु मोहन बैद्यलाई एकता प्रक्रियामा आउन पनि आहृवान गरेका छन् ।

Comment