चितवन पुगेर बोले प्रचण्ड भने ‘ढिलो छिटो प्रधानमन्त्री हुन्छु’


काठमाडौं – गृहजिल्ला चितवन पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ढिलोछिटो प्रधानमन्त्री हुने बताएका छन् ।चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले अहिले टुंगिएको भइनसकेपनि ढिलो छिटो प्रधानमन्त्री भएर आउने बताएका छन् ।

आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताए ।उनी अघि बोल्ने क्रममा कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर आउन शुभकामना समेत दिएका छन् ।

Comment