प्रेम दिवशको अवसरमा के एल मोबाइल हबमा एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा



के एल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले अफर ल्याइएको हो । मेलाको सुरुवात गर्दै मोबाइल हबले दशैं तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताहरुको गोलाप्रथा खोलेको छ ।

चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हातखाली नजाने एक्सक्लुसिभअफर सहितअफर भित्रपनिअफरनामको मोबाइल मेला आयोजना गरेको हो । फेब्रुअरी १३ देखि १५ दिन सम्म चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैंमाअर्को एउटा मोबाइल पाउने छन् । यसका साथै हातखालीनजाने उपहारहरु पनिग्राहलाई मोबाइल हबले बितरण गर्नेछ ।
मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपनप्रदानगर्ने जनाएको छ ।

साथै मोबाइलहवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु पनि सञ्चालन गरिरहेको छ । जसमागल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् ।गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमाअर्को मोबाइल सित्तैंमाप्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभग्लाइडरले जानकारी दिए । साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।

त्यसै गरि मेला अवधिभरी आयोजना हुने फोटो कन्टेस्टमा प्रथमर दोस्रो हुनेलाई क्रमशःओप्पोको एफ फाइभ मोबाइल तथा भिभोकोे भि ७मोबाइल प्रदान गरिने मोबाइल हबका निर्देशक संगम राइले बताए ।
मोबाइल हबले ५० हजार रुपैयाँ भन्दा माथिको स्मार्टफोन खरी दगर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउनेछ । मोबाइल मेलाफेब्रुअरी २८ सम्मचल्ने छ ।

Comment