स्याउखेतीका लागि महासचिव विप्लव जुम्लामा, १० हजार बिरुवा रोप्ने — OSNepal

स्याउखेतीका लागि महासचिव विप्लव जुम्लामा, १० हजार बिरुवा रोप्ने

LC (KTM) March 08, 2024 0

जुम्ला, २५ फागुनः हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला आइपुुग्नुभएको छ । महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्नुहुने सो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिनुभयो । पार्टीको निर्णयअनुसार सामुहिक च्याउखेती सुरु गर्न लागिएको जनाइएको छ ।

कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ । पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामुहिक स्याउखेती सुरु गरिएको महासचिव विप्लवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर