वरुण र अनुष्काले “सुई धागा”मा काम गर्न थालेपछि


बलिउड अभिनेता वरुण धवन र अभिनेत्री अनुष्का शर्माको नयाँ चलचित्र ‘सुई धागा’ को फर्स्ट लुक बाहिर आएको छ । वरुणले आफ्नो ट्विटर ह्यान्डलमार्फत चलचित्रको फर्स्ट लुक शेयर गरेका छन् । तश्बिरमा अनुष्का र वरुण देखिएका छन् ।

 

अनुष्काले साडी लगाएकी छिन् । वरुणले तश्बिरमा क्याप्सन लेखेका छन्, ‘मौजी र ममतासँग भेट्नुहोस् २८ सेप्टेम्बरमा ।’ चलचित्रलाई शरत कटारियाले निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि उनी आफैंले लेखेका हुन् ।

अनुष्काले जनवरीमा आफ्नो एक तश्बिर शेयर गरेकी थिइन्, जहाँ उनी सियोले कपडा सिलाउँदै गरेको देखिएकी थिइन् । यस्तै, वरुणले पनि आफ्नो ट्विटर ह्यान्डलमा कपडा सिलाउँदै गएको एक फोटो शेयर गरेका थिए ।

अहिले चलचित्रको सुटिङ मध्य प्रदेशमा भइरहेको छ । यो चलचित्र यस वर्षको २८ सेप्टेम्बरमा रिलिज हुँदैछ । पहिलो पटक वरुण र अनुष्काले एकसाथ काम गरेका हुन् ।

Comment