मायालु जोडीलाई सुजनको भ्यालेन्टाइनको उपहार

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ’कसम मन पर्यो’ को भिडियो सार्वजनिक गरेका छन् । मायालु जोडीको लागि खास मानिने दिनलाई लक्षित गर्दै प्रेमिल भाव व्यक्त गर्ने गीत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द , संगीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनि देखिएका छन् । गीतमा सुजनसंगै एलिशा राई पनि देखिएकी छिन । गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ भने संगीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बु बताउछन् ।

यो गीत एल्बम’कालजयी २ मा संग्रहित छ । यस गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी एण्ड टिमले छायाँकन गरेका हुन् । सुप्रिम पराजुली सम्पादक रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

गायक भन्छन् ” मैले आफ्नो सांगीतिक यात्राको सुरुवात बिक्रम संवत २०५८ साल देखि नै गरेको थिए । त्यसको केहि समयपछी ’कालजयी’ एल्बम मार्फत संगीतलाई निरन्तरता दिए । त्यसमा समावेश गीत ’के सरो ब्युटी’ लाई दर्शक तथा श्रोताले रुचाइदिनु भएपछी यतिबेला ’कालजयी २ लिएर तपाइँसामु आएको छु । दर्शकको रोजाई अनुसारको भिडियो तयार गरेको जस्तो आभाष भएको छ । यो प्रणय दिवसमा यस गीतले तपाईलाई मायाको आभाष दिलाउछ भन्नेमा विश्वस्त छु ।”

शान थापा , निर्देशक ( गीतले प्रेम भाव व्यक्त गर्छ यसैले पनि प्रणय दिवसकै सेरोफेरोमा सार्वजनिक गरेका छौ । गीत रमाइलो बनाउने कोशिस गरेका छौ । गीतकै भाव अनुसार यसमा सुजनजी र एलिशाजीलाई फिचरीङ गराएका छौ । गीतमा प्रेमीले प्रेमिकाको सुन्दरता र मायाको बयान गर्छन् ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/EZTxjKG3edg” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!