आजको राशिफल : बि.स.२०७४ फाल्गुन ०२ गते । बुधबार । ईश्वी सन् २०१८ फेब्रवरी १४ तारिख । नेपाल सम्बत् ११३८ ।



ओएसनेपाल क्यालीफोर्निया – बि.स.२०७४ फाल्गुन ०२ गते । बुधबार । ईश्वी सन् २०१८ फेब्रवरी १४ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन कृष्ण पक्ष । तिथि चतुर्दशी ४४ घडी ५९ पला,बेलुका १२ बजेर ४४ मिनेट उप्रान्त औंषि । नक्षत्र श्रवण । योग व्यातिपात २२ घडि ३५ पला,बेलुका ५ बजेर ४७ मिनेट उप्रान्त वरियान । करण भद्रा,बिहान ११ बजेर ४९ मिनेट उप्रान्त शकुनि,बेलुकी १२ बजेर ४४ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा धत्र योग । चन्द्रराशि मकर ।

काठमाडौंमा सूर्योदय ६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ५२ मिनेट । दिनमान २७ घडी ५२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राज्यभावमा गोचर गर्ने चन्द्रमाले राजनिति तथा समाजसेवामा जनताको काम गर्नेहरुले राज्यबाट पद प्रतिष्ठा प्राप्त गर्ने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आएस्रोतका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले बिद्यार्थीहरुका लागि आजको दिन फलदायि रहनेछ । धर्म,सस्कृती तथा नया नया ज्ञानको खोजी गर्ने काममा समय दिन पाउदा मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । समय तथा परिस्थितिले रोजगारि दिलाउनेछ ।

शुभ अंक — १,५ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । राजनिति तथा समाजसेवामा जनताबाट आलोचना सहनुपर्ला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि भने समयले साथ दिनेछ । पढाई लेखाईमा अलि बढि समय खर्चिए नतिजा आफैतिर ल्याउन सकिनेछ ।

शुभ अंक — २,३ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ सरस्वत्यै नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । अरुतिरै ध्यान जादा वा अध्ययन अध्यापनमा समय दिन नसक्दा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकेमात्र दिन रमाईलो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सानो गल्ति गर्नाले ठुलो घाटा सहनु पर्नेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — पुर्व

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ महालक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार तथा व्यावसाय बिश्तारको सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तहरुको सहयोगमा महत्वपुर्ण तथा सकारात्मक कामहरु अगाडि बढाउँन सकिने समय रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ भने आथित्यपुर्ण सम्मान प्राईने हुँदा मन प्रशन्न हुनेछ । नयाँ सोच तथा नबिन बिचार आउँने हुँनाले बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ । माया प्रेम तथा प्रणय सम्बन्धमा बिश्वासको बाताबरण बढ्नेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु थालनी गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्न पाउँन मन प्रफुल्लित हुनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नया कार्ययोजना बनाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने व्यापारमा गरिएको लगानिबाट भनेजस्तो लाभ हुनेछ । पढाई लेखाईमा बिशेष चासो बढ्नेछ भने प्राबिधिक शिक्षामा सफलता हात लाग्नेछ । समाजमा सानो काम गरि नाम कमाउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । स्वास्थ्य सबल रहने हुनाले राम्रा तथा उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ । पुराना समस्याहरु हल भएर जानेछन् । माया प्रेममा नजिक भई मनका कुरा साटासाट गर्न सकिने समय रहेकोछ ।

शुभ अंक — २,५ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ ।
शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेमको डोरो कसिलो हुनेछ भने प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढ्न लेखाईमा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । आफन्त तथा आमा सँग नचाहादा नचाहादै घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । छाति सम्बन्धि समयस्या पिरोल्न सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ४,८ शुभ दिशा — पश्चिम

शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) छोटो दुरिको रमाईलो यात्राको तय गरि दिनलाई रंगिन बनाउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरका लागि समयले साथ लिने हुँनाले मन प्रफुल्लित हुनेछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने तथा उनिहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । न्यायिक निर्णय तथा अदालति फैसला तपाईकै पक्षमा आउँनेछ । पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । आफ््ना लेख रचना तथा बिचारहरुलाई सामाजिक सञ्जाल तथा मिडिया मार्फत जनमासमा लैजान सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ ।

शुभ अंक — ५,८ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मिय मित्र तथा घर परिवारको भावना नबुझ्दा तपाईदेखि टाडिन सक्छन् । तयारि बिनानै महत्वपुर्ण बिषयमा दिईने प्रश्तुतिले कार्यक्षेत्र तथा समाजमा कुनै अर्थ नराख्न सक्छ । आलोचना तथा नकारात्मक टिका टिप्पणि गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा अबिस्वास बढ्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ ।

शुभ अंक —३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अप्पकालिन तथा दीर्घकालिन योजना बनाई अगाडि बढ्दा सफलको सिडि चड्न सकिनेछ । व्यापारमा बृद्धि भएर जाने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ । राजनिति तथा समाजसेवाको क्षेत्रमा जनताको मन जिति काम गर्न सकिने हुँनाले पछिको लागि पद प्राप्ति हुँने योग रहकोछ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ भने पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ समय ब्यातित गर्न सकिने समय रहेकोछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न हुनेछ ।

शुभ अंक — १,४ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लाभ भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावासायमा बृद्धि हुनेछ भने आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । तरल पदार्थ तथा खनिज पदार्थको कारोबार फस्टाएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईनेछ । पढाई लेखाईमा अग्र स्थानमा तपाईमा तपाईको नाम आउनेछ भने प्रतिपष्पर्धि आफै किनारा लाग्नेछन् । मेहनेत तथा लगनशिल भएर काम गर्नाले समाजमा राम्रो मुल्याङकन हुनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुने हुदा पद प्राप्त हुने योग रहेकोछ ।

शुभ अंक — २,३ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम आरम्भ गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने तथा आर्थिक स्थिति मजभुत भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँदा मान सम्मानको साथ पद प्रात्तिको योग रहेकोछ । बिगतमा सुरु गरिएका कामबाट भनेजस्तो आम्दानि हुनेछ भने पैत्रिक धनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । अध्ययनमा थोरै समय लगानि गर्दापनि भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

शुभ अंक — ४,९ शुभ दिशा — पुर्व

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नोट : रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

Comment