२०१८ प्रेम दिवसको लागि बिशेष गीत “यो जुनीमा बाचुन्जेल सम्म” (भिडियो सहित)

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

ओ.एस.नेपाल डटकम :
नेपाली संगीत क्षेत्रलाई नियालेर हेर्ने हो भने स्वरूपराज आचार्यको नाम पनि अगाडी आउछ । सुरिलो स्वरका धनि गायकको सुचिमा उनको नाम धेरै नै माथि छ । धेरै हिट गीतहरु उनको कर्णप्रिय आवाजमा सजिएर बाहिर आईसकेको छ । उनको गीतले मन नछुने व्यक्ति सायदै खोजेर भेटिएला । उनै लोकप्रिय गायक स्वरुपराज आचार्यको स्वरमा सजिएर “यो जुनीमा बाचुन्जेल सम्म” बोलको गीत बाहिर आएको छ । गीत सार्वजनिक भएको केहि समय अगाडी नै हो तर यति बेला प्रेम दिवसको नजिक भने धेरैको रोजाईमा यो गीत परेको छ । प्रेमभाव बोल्ने यस गीतको शब्द संगीत अब्बल मानिएको छ ।

गीतको भिडियो पनि प्रेमभाव पूर्ण नै बनेको छ । भिडियोमा मोडल निराजन प्रधान र अनुता गुरुङ्गको अभिनय रहेको छ। सन्तोष गुरुङ्गको छायांकन र सम्पादन रहेको भिडियोको निर्देशन भने निर्देशन प्रीतम गुरुङ्गले गरेका हुन् । नेपाली सांगीतिक ईतिहासमा पहिलो पटक नीर प्रसाद गुरुङ्गको एकल शब्द र संगीतमा एउटा पृथकपनको गीति सङ्ग्रह “गित एक, संगीत अनेक” जुनि एल्बम सार्वजनिक भयो । उक्त एल्बममा समावेश दोस्रो गित हो “यो जुनीमा बाचुन्जेल सम्म” । यस गीतलाई रेकर्डिङ र मिक्सिङ शुकुराम विश्वोकर्मा गरेका हुन् । यस्तै गीतलाई मास्टरीङ गर्ने काम भने श्याम शोवैत रसाइलीले गरेका छन् । यस गीतले प्रेम गर्ने जोडीहरुका लागि विशेष महत्त्व राखेको देखिन्छ त्यसकारण पनि यति बेला यो गीतको चर्चा राम्रो छ ।

प्रेम दिवसको माहोलमा बिशेष युवा युवती झुमिरहदा यता बजारमा भ्यालेनटाईन-डे स्पेशल यस गीतले चिसो वातावरणलाई झनै गर्मी बनाईदिएको छ। रचनाकार नीर प्रसाद गुरुङ्गको “जुनि” एल्बममा ४ वटा गित समावेश गरिएको छ। उक्त चारवटा गीतको शब्द-रचना एउटै रहेको छ। गीतको लय र रिदम फरक फरक धारमा दर्शक श्रोताहरुले सुन्न पाउनु हुनेछ साथै यस ४ वटै गीतको संगीत संयोजन बहुचर्चित बि. बि. अनुरागीले अति सुन्दरपनले गर्नुभएको छ। गीतकार गुरुङ्गले यो सार्वजनिक दोस्रो गीत एउटा पारिवारिक वातावरणलाई समेटेर तैयार गरेका हुन्। यस गीतमा धेरै भन्दा धेरै शब्दमा “अनुप्रास” देखा परेकोले एउटा नौलोपन देखाउन खोजेको पक्कै पनि हो।

हेर्नुस भिडियो :

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!