नयाँ सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्छ: उपाध्यक्ष थापा — OSNepal

नयाँ सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्छ: उपाध्यक्ष थापा

LC (KTM) March 10, 2024 0

गुल्मी-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्ने बताउनुभएको छ । सनिबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनमा उहाँले नयाँ गठबन्धन सरकारले वडा तहदेखि नै समृद्धिको अभियान अघि जिकिर दाबी गर्नुभयो ।

मुलुक यतिबेला राजनीतिक, आर्थिक, सामाजिकलगायतका सङ्कटको भूमरीबाट अघि बढिरहेको भन्दै उपाध्यक्ष थापाले आर्थिक सङ्कटबाट मुक्त गर्न अब विकासको आन्दोलन चलाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि वर्तमान गठबन्धन अनुकूल समय बनेको उहाँको भनाइ थियो ।

एमाललेले तय गरेको मिसन-८४ को अभियानलाई सफल बनाउन आदिवासी जनजातिको निर्णायक भूमिका रहेको उहाँले बताउनुभयो । त्यसका लागि एमालेलाई एकल बहुमत दिलाइ प्रमुख राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर सत्तामा पुर्याउन अहिलेदेखि नै महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उपाध्यक्ष थापाले एमालेले नयाँ खालको संस्कार र शैली स्थापित गर्नका लागि नयाँ गठबन्धनमा महत्त्वपूर्ण मन्त्रालय नलिएको बताउनुभयो । सरकार परिवर्तनपछि स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नयाँ नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने उहाँको भनाइ थियो ।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमाले सत्ता र पदका लागि भन्दा पनि राष्ट्रिय सङ्कट समाधानका लागि नयाँ गठनन्धन गरेर सरकारका सहभागी भएको बताउनुभयो । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अबिधेशनका लागि गुल्मीमा बाह्र जिल्लाका प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर