म्यानमारका दुई जातीय समुहबीच युद्धविरामको सम्झौता

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

म्यानमार, १ फागुन (रासस÷एएफपी) – म्यानमारका हतियारधारी दुई जातीय समुहकाबीचमा मङ्गलबार राष्ट्रिय युद्धविराम सम्झौतामा हस्ताक्षर भएको छ । यस युद्धविराम सम्झैताबाट लगातार झगडा गरिररहेका यी दुई समुह शान्ति प्रक्रियातर्फ लाग्ने सरकारको तर्फबाट आशा गरिएको छ ।शान्ति सम्झौतासँगै दुवै पक्षको युद्ध सधैका लागि अन्त्य हुने म्यानमारको सरकारले विश्वास व्यक्त गरेको छ । द न्यु मोन स्टेट पार्टी (एनएमएसपी) नामक समुह र लाहु डेमोक्रयाटिक युनियन (एलडीयु) नामक अर्को समुहकाबीचमा युद्धबिरामको सम्झौता भएको जनाइएको छ ।

उनीहरुले राष्ट्रिय युद्धविराम सम्झौतापत्रमा मङ्गलबार राजधानीमा हस्ताक्षर गरेको सरकारी अधिकारीहरुले जनाएका छन ।यस सम्झौताको क्रममा यसअघि आङ सान सुकीको कार्यलयमा युद्धविराम सम्झैता गरेका अन्य आठ नागरिक सेना समुहको पनि सहभागीता रहेको थियो । म्यानमारको, राखिन राज्यबाट झण्डै सात लाख रोहिङ्ग्या मुस्लिमहरु सैन्य हिंसाबाट विस्थापित भएर बङ्गलादेश जानु परेका कारण विश्वको ध्यान तानिएको यस अवस्थामा यी दुई जातीय समुहबीच युद्धबिरामको सम्झौता भएको छ ।राखिन राज्यमा रोहिङ्ग्या मुस्लमान समुहसँग भएको द्वन्द्वबाहेक अरु दुई दर्जन भन्दा बढी द्वन्द्वहरु देशभरी भईरहेका छन । उनीहरुले दशकौंदेखि स्वायत्त राज्यको माग गर्दै संघर्ष गरिरहेका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!