प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने — OSNepal

प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने

LC (KTM) March 11, 2024 0

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आईतबारपत्र पठाएको छ ।

प्रधानमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी पत्र प्राप्त भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । उक्त पत्रका सम्बन्धमा संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सभामुख घिमिरेलाई जानकारी गराउनुभएको छ ।

सभामुख घिमिरेले विश्वासको मत लिनेसम्बन्धी व्यवस्थाका लािग फागुन २९ गते कार्यव्यवस्था परामर्श बैठक बोलाउनुभएको उहाँले जानकारी दिनुभयो । उक्त बैठकले सो सम्बन्धमा कार्यसूची तय गर्नेछ । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो । नयाँ सत्ता गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर