रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने — OSNepal

रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

LC (KTM) March 11, 2024 0

काठमाडौँ, २८ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने भएको छ ।
रास्वपाको केन्द्रीय समितिको आज बसेको बैठकले आगामी वैशाख १५ गते हुने बझाङको प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने
तर इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भने भाग लिने निर्णय गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो ।

“पार्टीले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सहयोग गर्ने, ऐतिहासिक अवसरलाई सफल बनाउन आवश्यक योगदान र समन्वय गर्ने तथा सरकारको कार्य सम्पादनको आवधिक समीक्षा गर्ने निर्णय भएको छ”, बैठकमा भएका अन्य निर्णयबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “पार्टीका विविध मोर्चा (सरकार, संसद् र सङ्गठन) मा सल्लाह–सुझावका आधारमा सहयोगी टोली गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय भएको छ ।”

रास्वपाको केन्द्रीय समितिको बैठकले ⁠पार्टीको केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता दीपक अधिकारी र अधिवक्ता शान्ता थापालाई मनोनयन गर्ने निर्णय गरेको छ । यसैगरी, केन्द्रीय जनसम्पर्क विभागको प्रमुखमा इश्रामुल्ला मिया र सदस्यमा कुमारबहादुर थापा क्षेत्रीलाई मनोनयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर