फागुन ३० देखि कास्कीको पर्यटकीय गाउँ धम्पुसमा पर्यटन उत्सव हुने — OSNepal

फागुन ३० देखि कास्कीको पर्यटकीय गाउँ धम्पुसमा पर्यटन उत्सव हुने

LC (KTM) March 12, 2024 0

अन्नपूर्ण (कास्की)-कास्कीको पर्यटकीय गाउँ धम्पुसमा पर्यटक भित्र्याउन उत्सव हुने भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित मिलन युवा क्लबको आयोजनामा यही फागुन ३० देखि धम्पुस उत्सव–२०८० हुने क्लबका अध्यक्ष ललित पुनले जानकारी दिनुभयो । आगामी चैत ३ गतेसम्म सञ्चालन हुने उक्त उत्सवमा आन्तरिक तथा बाह्य पर्यटक धम्पुस पुग्ने उहाँको भनाइ थियो ।

माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले धम्पुुस पुरानो गन्तव्य भएकोले पर्यटनको प्रवद्र्धन गर्न उत्सवले सहयोग गरेको बताउनुभयो । “धम्पुस पहिलेदेखि कै पर्यटकीय गन्तव्य हो । यहाँबाट माछापुच्छ«्रे हिमालबाट माछाको आकृति प्रष्ट देखिन्छ,” वडाध्यक्ष भण्डारीले भन्नुभयो, “अहिले ढकमक्क लालिगुराँस फुुलेको छ । यो उत्सवले धम्पुसको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वासका साथ वडा कार्यालयले पनि सहयोग गरेको छ ।”

धम्पुस क्षेत्रमा ठूलासाना गरेर ३६ भन्दाबढी होटल सञ्चालनमा रहेको वडाध्यक्ष भण्डारीले बताउनुभयो । ती होटलमा एकदिनमा पाँच सयभन्दा बढी व्यक्ति बस्न मिल्छ । पोखराबाट सहजरुपमा उत्सवस्थलमा पुग्न सकिने उहाँले सुनाउनुभयो । उत्सवको मुख्य आकर्षणमा कास्की जिल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष पुनले बताउनुभयो । प्रतियोगितामा करिब २५ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको विजेतालाई रु एक लाख तथा उपविजेतालाई रु ६० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

उत्सवमा क्लबस्तरीय महिला भलिबल प्रतियोगितासमेत हुने भएको छ । प्रतियोगिताको विजेतालाई चालिस हजार, उपविजेतालाई रु पच्चिस हजार प्रदान गरिने छ । भलिबलको पुरुषतर्फ सान्त्वना हुने दुई टिमलाई जनही रु दश÷दश हजार प्रदान गरिने छ ।

भलिबलको पुरुष तथा महिलातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजार, विधागत पुरस्कारमा जनही दुई हजार पाँच सयका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक बुद्ध सिंहले बताउनुभयो । योसँगै पुरुष रस्साकस्सी प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता, सामूहिक महिला नृत्य प्रतियोगिता पनि हुने खेल संयोजक सिंहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर