सरकार बनाउने-ढाल्ने काममा मात्र केन्द्रित सरकारलाई विश्वासको मत दिन्नौ: अध्यक्ष लिङ्देन — OSNepal

सरकार बनाउने-ढाल्ने काममा मात्र केन्द्रित सरकारलाई विश्वासको मत दिन्नौ: अध्यक्ष लिङ्देन

LC (KTM) March 13, 2024 0

काठमाडौँ, ३० फागुन: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सरकार बनाउने र ढाल्ने काममा मात्र केन्द्रित भएको भन्दै सरकारलाई विश्वासको मत नदिने बताउनुभएको हो ।

“यसअघि छोटो समय सरकारको सहकार्यमा गएका थियौँ तर हामी बाहिरियौँ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “हामीलाई सरकार चलाउने अवसर पनि मिलेको छैन ।”उहाँले वर्तमान सरकारलाई राम्रो काम गर्न शुभकामना पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर