मुलुकमा वैदेशिक हस्तक्षेप समाप्त भएको छैन : महासचिव गुरुङ — OSNepal

मुलुकमा वैदेशिक हस्तक्षेप समाप्त भएको छैन : महासचिव गुरुङ

LC (KTM) March 19, 2024 0

मुग्लिन (चितवन)-पाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालमा अझै वैदेशिक हस्तक्षेप समाप्त नभएको बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिले आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवस तथा सम्मान कार्यक्रमलार्ई सम्बोधन गर्नुहँुदै महासचिव गुरुङले सबैको त्याग र बलिदानपश्चात् सामन्तवादको अन्त्य भए पनि देशमा अझै वैदेशिक उत्पीडन, वैदेशिक शोषण र हस्तक्षेपको अन्त्य नभएको बताउनुभएको हो ।

महासचिव गुरुङले भन्नुभयो, “मुलुकमा १० वर्षे जनयुद्धपछि जुन परिवर्तन भएको छ सबैको त्याग र बलिदानका कारण भएको हो, सहिदहरुले लिएको सपना, सहिदहरुले लिएको उद्देश्य सामन्तवादलाई विस्थापित गर्नु मात्र होइन, वैदेशिक उत्पीडनलाई पनि विस्थापित गर्नु र जनताको बास, गाँस र कपासको ‘ग्यारेन्टी’ गर्नु हो, जसका लागि समाजवादी क्रान्ति आवश्यक छ, एउटै मात्र उद्देश्य पूरा भएको छ सामन्तवादको नेतृत्व गरेको राजतन्त्र विस्थापित भएको छ तर वैदेशिक हस्तक्षेप विस्थापित भएको छैन ।” देशमा अझै बहुराष्ट्रिय कम्पनीकोे प्रभुत्व कायम रहेको र देश आत्मनिर्भरताको दिशातर्फ जान नसकेको उहाँको भनाइ छ ।

जनसांस्कृतिक महासङ्घका इन्चार्ज ईश्वरचन्द्र ज्ञवालीले सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि हातमा सारङ्गी, मादल, गितार र हार्मोनियम लिएर जनताका बस्तीलाई जगाउँदै हिँड्दा सहिद बन्नुभएका संस्कृतिकर्मीहरूको सपना पूरा गर्न सङ्कल्प गर्न यो दिवस मनाउने गरिएको उहाँले बताउनुभयो । सहिदको सपना पूरा नभएसम्म अभियान जारी रहने उहाँको भनाइ छ । कार्यक्रममा जनयुद्धका सहिद परिवार तथा स्रष्टालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर