विश्वराम कार्कीको 'कतिन्जेल बस्नु' सार्वजनिक, सन्चिताको अभिनय — OSNepal

विश्वराम कार्कीको ‘कतिन्जेल बस्नु’ सार्वजनिक, सन्चिताको अभिनय

Bibek Karki March 20, 2024 0

गायक विश्वराम कार्कीले नयाँ गीत ल्याएका छन् । ‘कतिन्जेल बस्नु’ बोलको गीतको भिडिओ उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा शब्द र संगीत पनि उनकै रहेको छ । संगीत संयोजन जिवन बडुले गरेका हुन् ।

दिनेश डाँगीको निर्देशन रहेको भिडिओमा गायक कार्कीसँगै मोडल सन्चिता शाहीलाई देख्न सकिन्छ । साथै भिडिओमा हेन्सी रिदम क्षेत्रीको पनि अभिनय रहेको छ । डेनिश खनालको छायांकन रहेको भिडिओ दिन्सन शाहले सम्पादन गरेका हुन् । दुईदिन अघि सार्वजनिक भएको भिडिओको युट्युवमा अपेक्षित भ्युज भने छैन । यो समाचार तयार पार्दासम्म जम्मा २ हजार ७ सयले हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर