एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान — OSNepal

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

LC (KTM) March 26, 2024 0

काठमाडौँ, १३ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गर्नुभएको छ । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ । उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नुहुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर