देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने — OSNepal

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

LC (KTM) March 28, 2024 0

काठमाडौँ, १५ चैत : पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो ।मौसमविद् झाले रासससँग कुरा गर्दै भन्नुभयो, “अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यो क्रम अझै केही दिन जारी रहनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर