शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने : सभामुख घिमिरे — OSNepal

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने : सभामुख घिमिरे

LC (KTM) March 29, 2024 0

काठमाडौँ, १६ चैत : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि संसदीय कूटनीतिलाई प्रभावकारीरुपमा अघि बढाइने बताउनुभएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा भएको अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को एक सय ४८औँ महासभामा सहभागी भई आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले नेपालले भौगोलिक र क्षेत्रीय चुनौतीको सामना गरी जलवायु परिवर्तनको असरबाट जोगिन भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको बताउनुभयो । नेपालले असंलग्न अभियानमा संलग्न भई आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विषयमा महासभामा साइडलाइन वार्ता भएको उहाँले जानकारी दिनुभयो ।

यही चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति ः शान्ति र समझदारीका लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्कातर्फबाट सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर