असार १५ गतेभित्र कमला पुल सम्पन्न गर्न मन्त्री महासेठको निर्देशन — OSNepal

असार १५ गतेभित्र कमला पुल सम्पन्न गर्न मन्त्री महासेठको निर्देशन

LC (KTM) March 31, 2024 0

गोदार (धनुषा), १८ चैत : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असार १५ गतेभित्र कमला पुलको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । आज बिहान मन्त्री महासेठले पुलको निरीक्षण गर्नुभएको थियो । उहाँले असार १५ गतेभित्र निर्माण सम्पन्न नभए सरकारले विकल्प खोज्ने चेतावनी दिनुभयो । “धनुषा र सिरहाका जनताले यतिका दिन दुःख भोग्यो अब भोग्न दिन्न”, उहाँले भन्नुभयो, “करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्नुप¥यो ।” नेपाल सरकारले पनि निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्ने नीति लिएको उहाँले बताउनुभयो ।

मन्त्री महासेठ आज जनकपुरधाम आएलगत्तै कमला पुलसँगै हुलाकी सडकको निरीक्षण गर्नुभयो । उहाँले मधेसको लाइफलाइन मानिने हुलाकी सडकको निर्माण यथाशीघ्र सम्पन्न गराएर जनतालाई सास्ती भोग्नबाट मुक्त गराउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले धनुषाको औरहीलगायतका ठाउँमा निर्माण हुन बाँकी सडकको निरीक्षण गर्नुभएको छ । बन्न बाँकी सडक र पुल समयमै निर्माण सम्पन्न गर्न उहाँले ठेकेदारलाई निर्देशन दिनुभयो । ठाउँठाउँमा सडक र पुल निर्माणको काम सम्पन्न नभएर हुलाकी सडक सञ्चालनमा आउन सकेको छैन ।कमला पुल निर्माणको ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न भए पनि उद्घाटनको एक महिना अगाडि गत असार १८ गतेको बाढीले भासिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर