हुम्लामा हिउँमा फसेका तीन कर्मचारीको उद्धार — OSNepal

हुम्लामा हिउँमा फसेका तीन कर्मचारीको उद्धार

LC (KTM) April 04, 2024 0

काठमाडौँ, २२ चैत : कर्णालीको हुम्ला जिल्लास्थित नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका तीन कर्मचारीको उद्धार गरिएको छ । हिउँमा फसेका नाम्खा गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको टोलीले उद्धार गरेको हो । तीनैजना मित्रराष्ट्र चीनबाट प्राप्त अनुदानका सामग्री बुझी फर्कने क्रममा हिउँमा फसेका थिए ।

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार तीनैजना आज बिहान हिउँमा फसेको खबर प्राप्त भएपछि उद्धार गर्न टोली त्यसतर्फ गएको थियो । सो टोलीले आज दिउँसो उनीहरुको सकुशल उद्धार गरेको हो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर