छ ठेक्का समयमा सम्पन्न नगर्नेनिर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस — OSNepal

छ ठेक्का समयमा सम्पन्न नगर्नेनिर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस

LC (KTM) April 05, 2024 0

चितवन, २३ चैत : भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाले विसं २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको हो ।

महानगरले ऊर्जा क्रशव जेभी, कास्यप अर्भान जेभी, ऊर्जा मास्ट जेभी र बालाजी निर्माण सेवालाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाको योजना शाखाका प्रमुख इ सन्तोष आचार्यका अनुसार सिफारिस गरिएकामध्ये कास्यप अर्भान जेजीलाई एक वर्ष छ महिना कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा महानगरले सिफारिस गरेसँगै कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नआए छ महिनादेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर