कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल — OSNepal

कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

LC (KTM) April 13, 2024 0

काठमाडौँ, १ वैशाखः ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज नेपालले कतारविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको छ ।

नेपालले पावर प्लेमा एक विकेटको क्षतिमा ५६ रन बनाएको छ । ओपनर कुशल भुर्तेल ११ बल खेल्दै दुई चौकाको सहयोगमा १२ रन बनाएर आउट भए । पहिले विकेट १८ रनमा गुमाएको नेपालको पारी अहिले आशिफ शेख र कप्तान रोहित पौडेलले सम्हालिरहेका छन् । पहिलो छ ओभरसम्म आशिफ ३० रन र कप्तान पौडेल १० रनमा बनाएर खेलिरहेका छन् ।

आज नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर