धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते — OSNepal

धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

LC (KTM) April 14, 2024 0

मलेखु (धादिङ), २ वैशाखः धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठजना घाइते भएका छन् ।

पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा३ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुनेमध्ये पाँचजना बालबालिका छन् ।

नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पतालतर्फ पठाएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर