पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि — OSNepal

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि

LC (KTM) April 15, 2024 0

काठमाडौँ, ३ वैशाख : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर दुई रुपैया ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैया ४६ पैसा मूल्य बढेको हो ।

नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ एक सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ एक सय ६१ पुगेको छ । पहिलो वर्गअन्र्तगतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्ग अन्र्तगतको सुर्खेत र दाङ्का लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्र्तगतको काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ६१ रुपैयाँ कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर