इंग्लिस प्रिमियर लिग : लिभरपुलको शानदार जित


काठमाडौं : इंग्लिनस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा लिभरपुलले शानदार जित दर्ता गरेको छ । यो जितसँगै लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा वेष्टह्याम युनाइटेडलाई ४–१ ले हराएसंगै लिभरपुल म्यान्चेष्टर युनाईटेडलाई पछि पार्दै दोश्रो स्थानमा चढेको हो ।

लिभरपुललाई जिताउन इम्रे क्यान, मोहम्मद सलाह, रोबर्टो फिरमिनो र साइडो मानेले १–१ गोल गरे । जितसँगै लिभरपुल २८ खेलबाट ५७ अंक भएको छ भने एक खेल कम खेलेको म्यान्चेष्टर युनाइटेडको ५६ अंक छ ।

Comment