सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगको पहिलो ट्राफमा


काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछानेको प्रभाव अन्तराष्ट्रिय क्रिकेटमा राम्रो देखिन थालेको छ । इन्डियन प्रिमियर लिगका लागि छानिएका नेपाली युवा बलर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग क्रिकेटको पहिलो ड्राफ्टमा परेका छन्।

विश्वका चर्चित प्रतिस्पर्धामा उनको नाम जोडिन थालेसँगै उनी विश्वकै खेलाडी बन्ने बाटोमा अगाडि बढेका छन् । वेष्ट ईण्डिज क्रिकेट बोर्डले आयोजना गर्ने सिपिएल टि ट्वान्टिको आधिकारिक बेबसाइटले सार्वजनिक गरे अनुसार सन्दीप लामिछाने ड्राफमा परेका हुन्।

विज्ञप्तिमा उल्लेख भए अनुसार पहिलो ड्राफ्टमा २ सय २७ जना विदेशी खेलाडी रहेकोमा नेपालबाहेक पाकिस्तान, श्रीलंका, इङ्गल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बंगलादेश, अष्ट्रलिया, जिम्बाब्बे, ओमान, हङकङ, स्कटल्यान्ड, युएई अफगानिस्तान, आयरल्यान्ड, क्यानडा, अमेरिका, तथा केन्याका खेलाडी छन्।

यद्यपी अझैसम्म त्यहाँ सन्दीपले खेल्ने नखेल्ने भन्ने टुंगो लागेको छैन । सिपिएलको फाइनल ड्राफ्ट मार्च एक तारिखमा लण्डनमा सार्वजनिक गरिनेछ। ईण्डियन प्रिमियर लिग टिम दिल्ली डेयरडेबिल्सले सन्दिपलाई २० लाख भारूमा अनुबन्ध गरेको छ। आइपिएलमा छनोट भएपछि यतिबेला उनीमाथि विदेशी प्रतियोगिता आयोजकको पनि आँखा परेको देखिन्छ।

Comment