सधै नशाको सुरमा डाक्टरहरु,यस्तो रहेछ हिजोको नर्भिक अस्पताल घटनाको वास्तविकता(स्थलगत रिपोर्ट)


ओएसनेपाल,पोखरा- नेपाली डाक्टर र अस्पताल संचालकलाई गजाबको नशा लागेको भान हुन्छ. चिकित्सकहरुले गर्ने लापरवाहीमा अहिले नेपालमा सजिलै तरिकाले समधान गर्ने गरिन्छ त्यो हो केहि रकम दिने सहमति अनि बिरामीलाई निशुल्क उपचार गर्ने l डाक्टरहरुले यति ठुलो गल्ती गर्दा समेत कोही कसैले डाक्टरहरुलाई कारबाही गर्ने सक्दैन किनकी डाक्टरहरुको पनि यूनियनहरु छन् केही पर्यो की यूनियनहरु अस्पतालनै बन्द गरेर आफ्नो तागत देखाउछन् l

यसैले कुनै पनि निकाए यति ठुलो गल्ती गर्दा पनि पीडकलाई कारबाही गर्ने सक्दैनl यसैले डाक्टरलाई पनि छ जे गरे पनि हुन्छ भन्ने नशा छ.यो नशालाई सरकारले कहिले ठाउँमा लाउने हो त्यो भने थाहा छैन

चिकित्सकहरुले गर्ने लापरवाहीको पछिल्लो उदाहरण थापाथलीस्थित नर्भिक अस्पतालबाट बाहिरिएको छ । नर्भिकका चिकित्सकहरुले देब्रे खुट्टाको घुँडाको लिगामेन्टको समस्या लिएर पुगेकी एक महिलाको दाहिने घुँडो चिरिदिएपछि यस्तो तथ्य बाहिर आएको हो ।

नेपालकै प्रतिष्ठित तथा धनाढ्यहरुले उपचार गर्ने नर्भिकमा ३८ वर्षीया बिन्दु पौडेल देब्रे खुट्टाको घुँडाको लिगामेन्ट टियरको उपचारका लागि भर्ना भएकी थिइन् । अस्पतालले देब्रे घुँडाको अप्रेशन गर्नुपर्ने भनेपछि बेड भर्ना भएकी पौडेलको दाहिने घुँडो त्यहाँका दुई चिकित्सकले चिरिदिएका उनका आफन्त सरोज दाहालले जानकारी दिएका छन् ।

नर्भिकका चिकित्सक प्रविण नेपाल र शैलेज रञ्जितकारको टोलीले शुक्रबार बिन्दु पौडेलको बिरामी नभएको घुँडो चिरिदिएपछि शनिबार दुई पक्षबीच सहमति पनि भएको छ । प्रस्तुति छ स्थलगत रिपोर्ट, यस्तो रहेछ हिजोको नर्भिक अस्पताल घटनाको वास्तविकता

Comment