ममताप्रसाद चौधरीलाई थप उपचारको लागि काठमाडौं ल्याइयाे


काठमाडौं : कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई थप उपचारको लागि काठमाडौं ल्याएको छ ।

गएराति मोटरसाइकलमा आएका अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका चौधरीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको हो ।

यसअघि उनको नेपालगञ्जमा उपचार भइरहेको थियो । घोडाघोडीमा केही दिन पहिले बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपीट गर्ने दोषीलाई संरक्षण गरेको आरोप मेयर चौधरीमाथि लागेको छ ।

गोली हनेको आरोपमा प्रहरीले ३ जना पक्राउ गरि सोधपुछ गरिरहेको प्रदेश सातका प्रहरी प्रमुख एआईजी माधव नेपालले जानकारी दिए ।

Comment