नेपाली अमेरीकन कलाकार संघमा सुमन पुन निर्वाचित


पुष्कर बराल / न्युयोर्क

नेपाली अमेरीकन कलाकार संघ नर्थ अमेरीकाको तेस्रो अधिवेशन हिजो न्युयोर्कमा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ । कार्यक्रममा न्यूयार्क लगायत अरु सहरका नेपाली समाजका सम्पुर्ण ब्यक्तित्व तथा संघ संस्थाका प्रमुखहरु उपस्थित भएका थिए । कलाकारलाई माया गर्ने अरु धेरै कलाप्रेमीहरु बिच सम्पन्न कार्यक्रमा प्राय सबै समाज र संघ संस्थाका प्रमुख हरुलै कलाकारलाई शुभकामना तथा कलाकार बिना समाज खल्लो हुने सम्पुर्णको धारणा थियो । अमेरीका जस्तो ठाउमा आएर पनि कलाकार हरु यसरी संगठित भएकोमा सबैले कलाकारको प्रसम्सा गर्दै यहाको नेपाली समाजलाई कलाकारले दिएको मनोरन्जन र कार्यलाई सबैले खुलेरै तारीफ गरे ।

अमेरीकामा पहिलो पल्ट सन २०१२ मा गौरी मल्लको पालामा गठन भएको कलाकार संघ अहिले तेस्रो अधिवेशमा आई पुग्दा नायिका गौरी मल्ल गायक गोम्बु शेर्पा हुँदै अहिले लोकगायक सुमन बुडा मगर संघको नेतृत्वमा छन् । सुमनको यो दोस्रो कार्यकाल हो ।

अधिवेशनमा निबर्तमान महासचिव अभय ढुन्गेललाई निर्बाचनमा हराउदै सुमन पुन नेतृत्वमा आएका छन । केहि पद निर्बाचन प्रकृयाबाट र केहि निर्विरोध गरेर नया कार्य समिती चयन भएको छ जसमा अध्यक्षमा सुमन बुडा मगर बरिष्ठ उपाध्यक्षमा निसा सुनार छन भने उपाध्क्षमा खड्गबहादुर (विक्की) पुलामी मगर, बसन्ती राई, गीता बिर्लाकोटी, एत्ना कार्की र पार्वती राई, साथै रचनाकार उपाध्यक्ष(खाली रहेको) महासचिवमा लोकदोहोरी गायक बिमल डाँगी , सचिब सौरमराज तुलाधर, कोषाध्यक्ष संगिताथापा मगर, सह-सचिव मुना भण्डारी, सह-कोषाध्यक्ष प्रेम सेन्चुरी र युवा संयोजक रूबिन शर्मा छन् ।क्षेत्रीय उपाध्यक्ष (वेष्ट कोश) रामसिंह बस्नेत छन्।

त्यसैगरेर कार्य समिति सदस्यहरूमा पुष्कर बराल, सुवर्णकुमार शाक्य, दिलिपकुमार मगर, पूजा न्यौपाने, सुरेन्द्र बास्तोला, रामकुमार सिंह, दीपा थापा, नविन स्रेष्ठ र सुवास चन्द्र मोक्तान छन्। अमेरीकन कलाकार संघको अधिवेशन हरेक दुई दुई बर्षमा हुने गर्दछ ।

Comment