आज पनि घट्यो सुनको मूल्य



काठमाडौ- साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य तोलामा १ सय रुपैंयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ५७ हजार ६ सय रुपैंया प्रतितोलामा कारोबार भएको सुन आज ५७ हजार ५ सय रुपैंयामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्यमा भने कुनै पविर्तन आएको छैन । यसदिन चाँदी प्रतितोला ७४५ रुपैंयामा कारोबार भइरहेको छ ।

Comment