मनिषले मेलिनालाई “जति हेरेपनी ” यसरी हेरिरहे


सङ्गीत एउटा जीवन हो सङ्गीत बिना मानिस अपुरो र अधुरो हुन्छ त्यस्तै नेपाली गीत सङ्गितको यात्रामा निरन्तर लागि रहने संघर्षरत डान्सर तथा गायक हुन् मनिस श्रेष्ठ । एक पछि अर्को सफलता हात पार्दै आएका मनिषले फेरि आम स्रोता तथा दर्सकको भावलाइ बुझी उनले निकै नै फरक कम्पोजमा रहेको ”जति हेरे पनि,, बोल आधुनिक गीतको म्युजिक भिडियो सहित बजारमा लिएर आएका छन् । उक्त गीतमा चर्चित गायिका मेलिना राई र मनिष श्रेष्ठको सुमधुर स्वर छ ।

उदय श्रेष्ठको शब्दमा श्रेष्ठकै निर्देशन तथा संगीतमा रहेको उक्त गीतमा चर्चित मोडेल तथा भद्रगोल टेलि सिरियलकी रक्षा श्रेष्ठ र उदय चौधरिको अभिनयमा देख्न सकिन्छ । बिक्रम कार्किले छायांकन गरेको यस भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

उनि एक फरक क्षमता भएका युवा हुन् । कला र गला दुबै भएका मनिष डान्स किङ्गमा परिसकेका छन् भने एक खुट्टाले टेकेर अर्को खुट्टा काँधमा राखेर पाच फिट माथिको टेबलमा नित्य प्रस्तुत गरि चर्चा बटुलिसकेका छन् ।

Comment