नेपालका एक्लो खम्बाका रुपमा रहेका कप्तान पारस खड्काको अर्को चमत्कार, विश्वका चर्चित ११ क्रिकेटरको सूचिमा अटाए


काठमाडौं । विश्वकप छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ क्रिकेटरको सुचिमा नेपाली कप्तान पारस खड्का पनि अटाएका छन् ।

आयोजक अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ले समूह चरणका ११ स्टारको नाम सार्वजनिक गरेको हो ।जुन सुचिमा नेपाली कप्तान पारस खड्का पनि अटाउन सफल भएका हुन् ।

जिम्बाब्बेमा लगातार तीन खेल हारेको नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हरायो । पारसले भने १८९ रन बनाए, जसमा दुई अर्धशतक पनि छ । हङकङविरुद्ध मात्र ११ रन बनाएका पारसले जिम्बाब्बेविरुद्ध ४०, स्कटल्याण्डविरुद्ध ७५ र अफगानिस्तानविरुद्ध ७५ रन बनाएका थिए ।

विश्वकै शीर्ष स्थानमा आयरल्यान्डका विलियम पोटरफिल्ड । विलियम पोटरफिल्ड ३३ वर्षीय पोटरफिल्ड आयरल्यान्डका कप्तान हुन्। पछिल्लो एक दशकदेखि उनले आयरल्यान्ड क्रिकेट टिमका लागि धेरै योगदान दिइरहेका छन्। विश्वकप छनोटमा उनले नेदरल्यान्ड्स विरुद्ध ४७ रन प्रहार गरे। पपुवा न्युगिनी विरुद्ध शतक प्रहार गर्ने क्रममा उनले १ सय ११ रन जोडे। त्यस्तै पपुवा न्युगिनीका टोनी उरापनि शीर्ष स्थानको दोस्रो नम्बरमा परेका छन् ।
उराले विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा आयरल्यान्ड विरुद्ध शतक प्रहार गरेका थिए। ओपनर उराले १ सय ५१ प्रहार गरेपछि पपुवा न्युगिनीले २ सय ३५ रन जोडेको थियो। उराको शतकका बाबजुद पपुवा न्युगिनी खेलमा पराजित भएको थियफ। तर उनी खेलको म्यान अफ दि म्याच भए। नेदरल्यान्ड्स विरुद्ध ३७ रन प्रहार गरेका उनी वेस्ट इन्डिज विरुद्धको खेलमा ३ रनमै आउट भएका थिए।

 

Comment