टिलर्सनको उत्तराधिकारीमा पोम्पेओलाई खटाइनेः ट्रम्प


वासिङटन, २९ फागुनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा टिलरसनले गरेको कार्यका लागि धन्यवाद दिँदै उहाँको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटर सन्देशमार्फत जानकारी गराउनुभएको छ ।

“विदेशमन्त्रीका रूपमा गरेको योगदानका लागि रेक्स टिलर्सनलाई धन्यवाद,” ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ ।

अमेरिकी इतिहासमा नै सिआइए प्रमुखको जिम्मेवारी गिना हास्पेललाई दिइएको राष्ट्रपति ट्रम्पले सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँ अमेरिकी इतिहासमा सिआइए प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुनुहुनेभएको छ ।

“टिलर्सनको उत्तराधिकारीका रूपमा सिआइएका निर्देशक माइक पोम्पेओ छिट्टै अमेरिकी विदेशमन्त्री बन्नुहुनेछ । एएफपी

Comment