अन्तिम संवादमा पाईलटद्धारा काठमाडौं टावरलाई आगलागी भएको जानकारी गराएका थिए ?


त्रिभुवन विमानस्थलभित्र नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस–बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ ।

चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार विमान दुर्घटनामा २२ घाइते भएका छन् । यसअघि विमानस्थलभित्र साना–ठूला हवाई दुर्घटना भए पनि यति ठूलो संख्यामा मानिसले पहिलोपटक ज्यान गुमाएको विमानस्थलका महाप्रबन्धक राजेन्द्रकुमार क्षेत्रीले जानकारी दिए ।

कहिले पशुपति र कहिले कोटेश्वरतर्फबाट अवतरण गर्न खोजिरहेका पाइलट तनाव वा थकानमा थिए, उनी अलमलिएका थिए । फायर फायर जहाँजमा आगलागी भएको पाईलटद्धारा काठमाडौं टावरलाई जानकारी गराएका थिए । काठमाडौं टावर : धावनमार्ग तर्फ आइरहेका सम्पूर्ण जहाँजलाई अन्य ठाउँमा अवतरण गर्न वा होल्ड गर्न अनुरोध ।

Comment