के तपाई आफ्नो सन्तानको खुसी चाहानु हुन्छ ? यसरी राख्नुहोस् बच्चाहरूलार्इ खुसी


हामी अझै पनि भन्ने गर्छौँ कि बच्चा हुँदाको समय निकै राम्रा थिए । न कुनै चिन्ता थियो न कुनै तनाब नै । बस, पढ्यो, घुम्यो, खेल्यो । क्या गज्जव थियो त्यो समय । बच्चाहरुलाई सानोमा जति सिर्जनशील र स्वस्थ राख्न सक्यो ठुलो भएपछि उत्तिनै बढी सक्रिय हुन्छन् । सचेत हुन्छन् ।
– बच्चाको मन पर्ने र मन नपर्ने कुरा के छन, त्यो पत्ता लगाउनुस् ।
– बच्चालाई बोट–विरुवा, नदी, पहाड आदिको महत्वबारे भन्नुस् ।
– बच्चालाई पौष्टिक खाना खुवाउने गर्नुस् ।

तर, आजभोलीे बच्चाहरुलाई अभिभावकले बढि निगरानी राख्दा उनीहरुमा क्रिएटिभ मर्ने र बच्चाहरु डिप्रेसनमा जाने खतरा रहन्छ । बच्चाहरुको सम्पूर्ण विकासको लागि केही चिजहरुको हेरविचार गर्न तपाईले छुटाउनै हुन्न । श्रीकृष्णको जीवनमा तीन चीजहरु थिए, जुन आज हाम्रो बच्चाको जीवनमा हुनुपर्दछ । पहिलो संगीत जडान ।

श्रीकृष्णले आफ्नो बचपनमा संगीतको लागी विशेष चासो राखेका थिए । त्यसैले बाँसुरी श्रीकृष्णको प्रिय बन्यो । आफ्नो छोराछोरीलाई पनि संगीतमा ध्यान दिने वातावरण बनाइदिनुस् । संगीतबाट मन प्रसन्न रहनुका साथै मनोवैज्ञानिक विकास पनि हुन्छ । तिनीहरुले भावनाहरु बुझ्न थाल्छन् । नन्द र यशोधाले कृष्णको संगीतप्रतिको इच्छालाई कहिल्यै रोकेनन् ।

अर्को कुरा प्रकृतिको निकटता हो । श्रीकृष्ण बचपनमा प्रकृतिको नजिक भएका थिए जस्को कारण प्रकृतिको शान्त स्वभाव उनको व्यक्तित्वमा गयो । हामीले पनि हाम्रा बच्चाहरुलाई खुल्ला वातावरणमा छाडिदिनुपर्छ ।

यमुनामा कल्याण्यांकको उपासना र गोवर्धन पर्वतको पूजा यसैको प्रतिक हो । बच्चाहरुका लागि प्रोत्साहन दिनुहोस् ताकि तिनीहरु आफ्नो वरिपरीको वातावरणलाई सम्झन सकुन र महसुस गरुन । तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा खाना हो । भगवान कृष्ण बचपनमा मक्खन (नौंनी) धेरै मन पराउथे । उनले मखन चोरेरै पनि खाएको किम्वदन्ती हामीले आज पनि सुन्दै आइरहेका छौँ ।

आज पनि श्रीकृष्णलाई मूख्यतया मक्खनको नै भोग लगाउने गरिन्छ । तपाइको दिमाग त्यतिबेला राम्रो हुन्छ जतिबेला खानेकुरामा पौष्टिक आहरा स्वच्छ हुन्छ । अहिले, बच्चाहरु जङ्क फुड धेरै खान्छन् । यस्ता खानेकुराबाट शक्ति पाइदैन । यसले मोटोपन जस्ता बिरामी मात्रै निम्त्याउने गर्छ । यदि तपाईले यी तिन कुराहरुको ध्यान राख्नुभयो भने बच्चाहरुको जिवनमा शान्ति मात्र रहन्छ र उ पछि देशको जिम्मेवार नागरिक बन्न सक्दछ । एजेन्सी

Comment