दुर्घटनाकै कुरा गरिरहँदा प्लेन खस्यो – विमान दुर्घटनामा बाँच्न सफल पाण्डे भन्छन् [ हेर्नुस् भिडियो]


‘प्लेन ल्यान्ड भयो। खुसीले मन ढक्क फुलेको थियो। एक्कासी ड्याङ्ग आवाज आयो। त्यसपछि होसमा आउँदा त मेरो एउटा खुट्टा चलिरहेको थिएन। प्लेनतिर हेर्दा धुवाँ आइरहेको थियो’, विमान दुर्घटनाबाट बच्न सफल भएर मेडिसिटी अस्पताल भैंसेपाटीमा उपचार गराइरहेका ट्राभल एजेन्ट केशव पाण्डेले भने। अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका पाण्डेलाई मृत्युको नजिकैबाट गुज्रिएको त्यो समयको धमिलो सम्झना मात्रै छ। उनी भन्छन्, ‘प्लेन ठोक्कियो भन्ने महसुस हुँदै थियो, बेहोस भएछु। पछि होसमा आउँदा त म चौरमा थिएँ। माथिबाट पानी वा तेल केही खसिरहेको थियो।’ हेर्नुस् भिडियो:

Comment