राजधानी उपत्यकामा एनालग टिभी पूरै बन्द



काठमाडौं : तारलाई विस्तावित गर्ने योजना अनुसार सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौं उपत्यकामा एनालग टीभी पूर्ण रुपमा बन्द गराएको छ।

मन्त्रालयले बुधबार एनालग प्रविधिबाट आधारित भएर सेवा प्रदान गर्दै आएका टेलिभिजन प्रदायक कम्पनीमा अनुगमन गरी सेवा बन्द गराएको हो। यो सँगै काठमाडौं उपत्यकामा बुधबारबाट एनालगमा आधारित सम्पूर्ण सेवा बन्द भएको छ।

मन्त्रालयबाट केबल टेलिभिजन शाखाका शाखा प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपाल, मन्त्रालयका उपसचिव संगिता ओझा र उपसचिव युवराज खतिवडाको टोली अनुगमनमा गएको थियो।

उपत्यकाभित्रका १० वटा टेलिभिजन सेवा प्रदायक कम्पनीमा पुगेर एनालगबाट चल्दै आएका सम्पूर्ण टेलिभिजन बन्दै गराएको हो। सञ्चार मन्त्रालय प्रवक्ता रामचन्द्र ढकालका अनुसार टोलीले बुधबार सुबिसु केबल नेटवर्क प्रालि, सोनिङ केबल टीभी, काठमाडौं केबल, जावलाखेल केबल नेटवर्क, स्पेसटाइम नेटवर्क, सीईसी केबल नेटवर्क प्रालि र स्काई केबललगायत १० टेलिभिजन सेवा प्रदायक कम्पनीमा अनुगमन गरेको थियो।

Comment