जेलबाट छिटोभन्दा छिटो निस्किन सलमानका लागी अब एउटै उपाय बाँच्यो, अदालतमा सलमानको परिवारमा छायो रुवाबासी



एजेन्सी । कालो हरिण शिकार काण्डमा मुछिएका बलिउड सुपरस्टार सलमान खानलाई अन्तत ५ वर्षको जेल सजायँ सुनाइएसँगै सलमानको परिवारमा रुवाबासी छाएको छ । जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले सलमानलाई दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला भएसँगै सलमानको परिवारमा रुवाबासी छाएको हो । फैसलासँगै सलमानलाई जोधपुरको सेन्ट्रल जेल चलान गर्ने तयारी भइरहेको छ ।

त्यसअघि अदालतमा लन्चका क्रममा सलमानका दुई बहिनीहरु अर्पिता र अलविरा बाहिर ग्यालरीमा फोनमा कुरा गरिरहेका थिए । सलमान भने कोर्टरुम भित्र कुर्सीमा एक्लै बसेका थिए । लन्चपछि न्यायधिस ड्यासमा आए । उनी आएपछि सलमान पर्खालमा अढेस लागेर उभिए ।

बहिनीहरु पनि आएर उनीसँगै बसे । न्यायधिसले सलमानलाई ५ वर्षको कैद सजाय सुनाए लगत्तै बहिनीहरु रुन थाले । त्यहीँ रहेका सलमानका बडिगार्ड शेरा पनि भावुक बने । सलमानले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ ।

यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् । अदालतले अन्य आरोपी सैफअली खान, तब्बू, सोनाली बेन्द्र र निलमलाई भने सफाई दिएपछि भने उनीहरु घर फर्किएका छन् ।

Comment